नेरुडेको अभिमुखीकरण तालिम सम्पन्न «

नेरुडेको अभिमुखीकरण तालिम सम्पन्न

विराटनगर-नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले ३१ जना सहायकस्तरका उम्मेदवारलाई ४ दिने अभिमुखीकरण तथा फिल्ड अवधारणा तालिम बुधबार विराटनगरमा सम्पन्न गरेको छ ।
कार्यक्रममा वित्तीय संस्थाका नायव महाप्रबन्धक भागनारायण साहु, विभागीय प्रमुहरू ऋषिप्रसाद न्यौपाने, रोशनकुमार राउत र कृष्णबहादुर खड्काले छुट्टाछट्टै विषयमा प्रशिक्षण दिए ।
संस्थाका प्रबन्ध सञ्चालक सुधीरकुमार श्रेष्ठले स्वच्छ लघुवित्त सेवा आजको आवश्यकता भएकाले लगानीका लागि मात्र लगानी नगरेर उत्पादनशील क्षेत्रमा लगानी गरी ग्राहकहरूको उद्यमशीलता विकाससँग सम्बन्धित कार्यलाई बढवा दिन सहभागीलाई आग्रह गरे । नेरुडेले ग्राहक सदस्यहरूलाई लघुकर्जा साथै व्यापार, व्यवसाय प्रवद्र्धन गर्न विभिन्न उद्यमशीलता तथा वित्तीय साक्षरतासम्बन्धी तालिमहरू सञ्चालन गर्दै आइरहेको छ ।कार्यक्रममा संस्थाका अध्यक्ष डा. भेषप्रसाद धमलाले सहभागीहरूलाई सफलताको शुभकामनासहित शुभेच्छा मन्तव्य व्यक्त गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्