Logo

टिभिएसको एक्सचेन्ज महोत्सव

काठमाडौं– टिभिएस स्कुटर र मोटरसाइकलको आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस महा एक्सचेन्ज महोत्सवमा एनटर्क १२५ सीसी ड्रम रातो रङमा सार्वजनिक गरेको छ । राम्रो माइलेज दिने एनटर्क १२५ सीसी ड्रममा स्मार्टकनेक्ट र ब्लुटुथ कनेक्टिभिटी पनि उपलब्ध रहेको कम्पनीको दावी छ ।

शंकर ग्रुपका एक्जिक्युटिभ डाइरेक्टर अखिल गुप्ताले ग्राहकको मागलाई मध्यनजर गर्दै टिभिएस एनटर्क ड्रमलाई बोल्ड रातो कलरमा लन्च गरेको बताए । सडकमा आफ्नो साहस देखाउन चाहने जो कोहीको लागि यो स्कुटर उपयुक्त हुने कम्पनीको दावी छ । टिभिएस एनटर्क ड्रममा ९.४ पीएस पावरसहितको बलियो १२५ सीसी इन्जिन रहेको छ ।

यसको स्मार्ट कनेक्टले नेभिगेसन, पार्क गर्दाको स्कूटरको लोकेसन थाहा पाउन सजिलो बनाएको पनि कम्पनीले जनाएको छ । ‘टी’ आकारको रियर ल्याम्पले यस स्कुटरलाई सजिलै चिन्न सकिने बनाउनुका साथै थप सुरक्षाका लागि उत्कृष्ट भिजिबिलिटी पनि सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।

ठूला १२ इन्चका टाएरका साथ एनटर्क १२५ ड्रम भेरियन्टले आरामदायी र सुरक्षित सवारी सुनिश्चित गर्दै सडकमा स्थिरता र ग्रिप प्रदान गर्ने कम्पनीले जनाएको छ । बोल्ड र चंकी टायरहरूले विभिन्न भू–भागमा उत्कृष्ट पकड प्रदान गर्ने पनि कम्पनीले जनाएको छ । यस्को बजार मूल्य दुई लाख ३५ हजार ९०० रुपैयाँ रहेको छ । भृकुटीमण्डपमा सुरु भएको महोत्सव आगामी शनिबारसम्म जारी रहनेछ ।

महोत्सवमा ग्राहकले कुनै पनि बाइक र स्कुटर टिभिएस ब्रान्डका उत्पादनसँग एक्सचेन्ज गर्दा ५० हजारको थप एक्सचेन्ज भ्यालु पाउने कम्पनीले जनाएको छ । महा एक्स्चेन्ज महोत्सवमा शुन्य प्रतिशत ब्याजदरमा २५ प्रतिशतसम्मको डाउन पेमेन्टमा टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्न सकिनेछ भने हेल्मेट, बाइक कभर र ब्याग पनि निःशुल्क रुपमा प्राप्त गर्न सकिने उल्ल्ेख छ ।

प्रतिक्रिया दिनुहोस्