Logo

प्रभु क्यापिटल र एस इन्स्च्यिुटबीच सम्झौता

काठमाडौं– प्रभु क्यापिटल लिमिटेड र एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजबीच एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजमा सम्झौता भएको छ ।

एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेजका व्यवस्थापन विभागको स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहाई थेसिस सम्बन्धी विषय लगानी योजना, वित्तीय तथा जोखिम व्यवस्थापनसहित पूँजी बजारको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरी विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सहकार्य गर्ने सम्बन्धमा समझदारी पत्रमा सम्झौता भएको हो ।

कार्यक्रममा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र कलेजका सञ्चालक अभिषेक के.कार्कीले हस्ताक्षर गरेका छन् । क्यापिटलको तर्फबाट प्रमुख लगानी अधिकृत दुर्गानन्द झा तथा कलेजको तर्फबाट कार्यक्रम संयोजक ऋकिता श्रेष्ठेको उपस्थिति थियो ।

सम्झौता अनुसार क्यापिटलले विद्यार्थी र कर्मचारीलाई आफ्नो सेवामा सहुलियत प्रदान गर्ने साथै विद्यार्थीहरुको आवश्यकता बमोजिम पुँजी बजार सम्बन्धी सामान्य, आधारभूत, तथा प्राविधिक विश्लेषण सम्बन्धी ज्ञान तथा तालिमहरु प्रदान गर्ने उद्देश्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्