सिटिजन्स बैंकको ८२औं शाखा कोहलपुरमा «

सिटिजन्स बैंकको ८२औं शाखा कोहलपुरमा

‘योर पार्टनरफर प्रोग्रेस’ भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु-याँउदैै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ८२औं शाखा बाँकेको कोहलपुरमा संचालनमा ल्याएको छ । बुधबार एक समारोहका बीच बैंकका संचालक समितिका सदस्य प्रकाशचन्द्र मैनालीले रिवन काटी उक्त शाखाको उद्घाटन गरेका थिए । उक्त समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको पनि बैकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्