ग्याजेट्स बिग सेलमा ४९९मा मोबाइल «

ग्याजेट्स बिग सेलमा ४९९मा मोबाइल

मोबाइल एप रिचार्जरले सञ्चालन गरिरहेको ग्याजेट्स मेलामा ४ सय ९९ रुपैंयामा मोबाइल अफर सुरु चल्ने भएको छ । रिचार्जरका एक जना प्रयोगकर्ताले एउटा मात्र मोबाइल ४ सय ९९ रुपैंयामा खरिद गर्न सक्ने भन्दै कम्पनीले बिहिबार रिचार्जर एपबाट ४ सय ९९ रुपैंयामा मोबाइल खरिद गर्न सकिने जनाएको छ ।
बिहिबार मध्यान्ह १२ बजेदेखि सुरु हुने अफर ४ घण्टासम्म चल्नेछ । रिचार्जरका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहका अनुसार ४ घण्टा अवधिका लागि १० हजार थान मोबाइल बिक्री हुने अपेक्षा गरिएको छ । साथै एनआईसी एशिया बैंकसँगको सहकार्यमा रिचार्जरले वान प्लस सेभेन मोबाईल बुकिङ गर्दा १० प्रतिशतसम्मको क्यास व्याक दिने योजना पनि रिचार्जरले ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्