क्रिप्टोकरेन्सीले अमेरिकी डलरलाई विस्थापित गर्ला ? «

क्रिप्टोकरेन्सीले अमेरिकी डलरलाई विस्थापित गर्ला ?

लन्डन-बैंक अफ इंग्ल्यान्डका गभर्नर मार्क कार्नीले फेसबुकको लिब्राजस्तै क्रिप्टोकरेन्सीले एक दिन विदेशी विनिमय बजारमा अमेरिकी डलरको एकल साम्राज्य ढाल्न सक्ने चेतावनी दिएका छन् । कार्नीले हालै केन्द्रीय बैंकरहरूको ज्याक्सन होल सिम्पोजियममा अमेरिकी डलरको विश्वव्यापी आधिपत्य जोगाउन केही सुझाव दिएका छन् ।
यहाँ किन अमेरिकी हरियो नोटले आफ्नो चमक गुमाउँदैछ र कार्नीको नयाँ डिजिटल मुद्रासम्बन्धी दृष्टिकोण के हो भन्नेबारे संक्षिप्त आकलन गरिएको छ । कार्नीको नयाँ डिजिटल मुद्रासम्बन्धी दृष्टिकोणलाई विश्वका प्रमुख केन्द्रीय बंैकहरूले समर्थन गर्ने विश्वास गरिएको छ ।

डलरको वर्चस्व किन ?
सन् १९४४ को ब्रेटन उड्स सम्झौतापछि अमेरिकी डलरलाई विश्वकै सन्दर्भ मुद्राका रूपमा लिइँदै आएको छ, र त्यतिबेला विभिन्न प्रमुख एकाइहरूलाई हरियो नोटसँग सामन्जस्य बनाइएको थियो । त्यसयता संयुक्त राज्य अमेरिकाको आर्थिक तथा राजनीतिक शक्तिका कारण डलरले विश्वव्यापी वर्चस्वलाई कायमै राखेको छ ।
“प्रमुख मुद्राले सधैँ विश्वको सबैभन्दा ठूलो राजनीतिक शक्तिको मान्यता हासिल गरेको हुन्छ,” ओस्ट्रम एसेट म्यानेजमेन्टका अनुसन्धान प्रमुख फिलिप विच्टरले उल्लेख गरे ।
अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार सन् २०१९ को पहिलो त्रैमासिकमा विश्वव्यापी विदेशी विनिमय सञ्चितिको करिब ६२ प्रतिशत हिस्सा डलरको थियो ।
युरोपेलीको एकल मुद्रा युरोको २०.२ प्रतिशतसहित दोस्रो स्थानमा थियो । जबकि अमेरिकापछि विश्वको दोस्रो सर्वाधिक ठूलो अर्थतन्त्रका रूपमा उदय भए पनि चिनियाँ युआनले दुई प्रतिशतमात्र हिस्सा ओगटेको छ ।

हरियो नोटको आकर्षण किन खस्कँदैछ ?
विश्वव्यापीकरण र परिवर्तित विश्व अर्थव्यवस्थाका कारण अमेरिकी डलरले आफ्नो चमक गुमाएको देखिए पनि डलरको व्यापक स्वीकार्यताले अझै पनि विश्व अर्थतन्त्रलाई प्रभावित तुल्याइरहेकै छ ।
“व्यापार र अमेरिकी अर्थतन्त्रसँग सापेक्षित रूपमा सीमित प्रत्यक्ष जोखिमबाट मुलुकहरूको वित्तीय अवस्था दुवैमा अमेरिकी विकासले अत्यावश्यकीय प्रभाव सिर्जना गरिरहेको छ,” वाओमिङमा हालै बैंकरहरूसँगको भेटमा कार्नीले बताए ।
जब डलरको अधिमूल्यन हुन्छ, जसबाट कैयौँ उदीयमान मुलुकहरूको पुनर्भुक्तानीमा पनि अधिमूल्यन हुन्छ, किनभने ती मुलुकहरूले डलरमै ऋण भुक्तानी गर्नुपर्छ ।
सन् २०२० को जनवरीबाट पदमुक्त हुन लागेका गभर्नर कार्नीले भने, “पछि गएर हामीले यो खेललाई बदल्नैपर्छ ।”

केन्द्रीय बैंकको भूमिका ?
कार्नीका अनुसार केन्द्रीय बैंकका रूपमा सरकारले नयाँ भर्चुअल मुद्राका लागि सर्वोत्कृष्ट व्यवस्था गर्नुको विकल्प छैन ।
“सार्वजनिक क्षेत्र सम्भवतः केन्द्रीय बैंकहरूको सञ्जालमार्फत डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) लाई खुला प्रचलनमा ल्याउन सक्लान् त भन्ने यो एउटा खुला प्रश्न हो,” कार्नीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्