एनआरएनए स्पेनमा कडा प्रतिस्पर्धा हुने «

एनआरएनए स्पेनमा कडा प्रतिस्पर्धा हुने

म्याड्रिड-एनआरएनए स्पेनको आशन्न छैठौं अधिवेशनले स्पेन चुनावीमय बनेको छ । सेप्टेम्बर दोस्रो साता हुन लागेको निर्वाचनमा अध्यक्ष पदमा दिनेश गुरूङ (देउकाजी) र पेशल कुमार कोइराला बिच कडा प्रतिस्पर्धा हुने भएको छ । गुरुङ एनआरएनए स्पेनको पुर्व महासचिब तथा विभिन्न सामाजिक संघ संस्थामा नेतृत्व गरेको अनुभव सहित आफ्नो कार्ययोजना अनुसार अध्यक्षमा दावि गरेका छन् । यस्तै कोइराला एनआरएनए स्पेनको कोषाध्यक्ष तथा वर्तमान कार्यसमिति उपाध्यक्ष एवम् नेपाली जनसम्पर्क समिति स्पेनबाट सर्वसम्मत प्रस्तावित अध्यक्ष उमेद्वार हुन् ।
यसैगरी एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समिति सदस्य दुई पदका लागि तीन जनाको उमेदबारी परेको समितिले जनाएको छ । जनसम्पर्क समिति स्पेनका पुर्व अध्यक्ष तथा काग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका संघका वर्तमान अध्यक्ष चिन्तामणि सापकोटाको समेत दावि रहेको छ । यस्तै वर्तमान कार्यसमिति उपाध्यक्ष तथा समाजसेवी सुनिल रानाभाट र एनआरएनए पुर्व उपाध्यक्ष एवम् वर्तमान कार्यसमिति सदस्य प्रकाश तिमिल्सिनाको गरी तीन जनाको उमेद्वारी परेको छ । संघका अध्यक्ष सापकोटा र तिमिल्सिना बीचको मतभेदका कारण नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति स्पेनको आधिकारिक उमेद्बार तिमिल्सिना हुन भने सापकोटा अल्पमतमा परेका उमेद्वार हुन् । नेपालमा विनाशकारी भुकम्पको समयमा स्पेनबाट पहिलो पटक पुग्ने ब्यक्तिको रूपमा प्रतिनिधित्व गर्दै सुनिल रानाभाट गोर्खाको बारपार्क पुगेर एक दिन आफै खटिएर सेवा गरेका थिए ।
यसैगरी खुल्ला दुई उपाध्यक्षका लागि उत्तर कुमार राई,दिनेश गिरी र सनु राउत बीच प्रतिस्पर्धा हुने भएको छ । राई २२ वर्षदेखि स्पेन म्याड्रिड निवासी सफल ब्यवसायी तथा एनआरएनए म्याड्रिड क्षेत्रिय समिति अध्यक्ष एवम् स्पेनको मजदुरहरूको संगठन युजिटिका पहिलो र वर्तमान दोस्रो कार्यकालका अध्यक्ष समेत हुन् । यस्तै दिनेश गिरी एनआरएनए स्पेनका वर्तमान सचिव तथा कार्यवाहक महासचिव हुन् भने बार्सिलोनाका सफल ब्यवसायी समेत हुन । यसैगरी सनु राउत वर्तमान कार्यसमिति सदस्य तथा युवाहरू माझ लोकप्रिय हुन भने साथि सँग मनका कुरा समूहका संयोजक हुन ।
एक क्षेत्रिय उपाध्यक्षका लागि राम प्रसाद दाहाल र तुलसी गुरुङ बिच कडा प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ । दाहाल पुर्व क्षेत्रिय समिति पाईसभास्को अध्यक्ष हुन भने गुरुङ अघिल्लो र वर्तमान कार्यकालका केन्द्रीय सचिव पदमा काम गरेका ब्यक्ति हुन् भने नेपाली समाज पाईसभास्कोको संस्थापक अध्यक्ष समेत हुन् ।
यसै महासचिवमा उमराज ढकाल (राज) र विनय अधिकारीबीच प्रतिस्पर्धा हुँदै छ । खुल्ला दुई सचिव पदमा धुब्र भट्ट,भुवन कटुवाल,दुर्गा प्रसाद घिमिरे (लेकाली) र रवि पुडासैनी बीचमा प्रतिस्पर्धा हुने देखिएको छ । सचिवमा धुब्र भट्ट खेलकुद क्षेत्रका प्रख्यात मार्शलआटको प्रशिक्षण तथा विश्व च्याम्पियनसिप खेलेका राष्ट्रिय खेलाडि समेत हुन् । हाल चितवन समाज स्पेनको खेलकुद विभाग प्रमुख समेत हुन् । कटुवाल भने बार्सिलोनाका रेस्टुरेन्ट ब्यावसायि हुन् ।
क्षेत्रिय समिति पाईसभास्कोबाट वर्तमान कार्यसमितिका अध्यक्ष महानारायण चौधरी र राजेन्द्र सेढाईबीच प्रतिस्पर्धा हुने भएको छ । यसैगरी आरक्षित
महिलातर्फ चर्चित लोक दोहोरी गायिका सुमित्रा घिमिरे सापकोटा (सुमी) निर्वा्चित भइन् ।
क्षेत्रगत केन्द्रीय सचिवमा म्याड्रिडबाट मेघनाथ ढकाल र ग्रान क्यानरीयाबाट दिपेन्द्र श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै कोषाध्यक्षमा गोविन्द तिमिल्सिना र शन्त बहादुर क्षेत्रीको प्रतिस्पर्धा हुनेछ । तिमिल्सिना कास्की समाज स्पेनको महासचिव समेत रहेर आफ्नो गतिविधि बढाउँदै आएका सफल युवा हुन भने सहकोषाध्यक्षमा शान्ता राणा र महन्त महर्जनको प्रतिस्पर्धा हुने देखिएको छ । यस्तै महिला संयोजकमा मौसमी गुरुङ (समि) र पार्वती वलीबीच कडा प्रतिस्पर्धा हुने सम्भावना रहेको छ । वली एनआरएनए क्षेत्रिय समिति सचिव तथा जनसम्पर्क समिति म्याड्रिड को वर्तमान कार्यसमिति अध्यक्ष समेत हुन् । विश्व कलाकार संघ स्पेनको सचिव समेत रहेकी समि गुरुङ्ग भने स्थानीय चर्चित गायिका समेत हुन ।
यस्तै छ जनाको सदस्य पदका लागि दश जनाको उमेदबारी परेपछि स्पेनमा पहिलो पटक सदस्यको समेत निर्वाचनबाट टुंगो लाग्ने भएको छ । सदस्यहरूमा भुपेन्द्र श्रेष्ठ, तारानाथ अधिकारी,पान बहादुर गुरुङ,आंग लाक्पा शेर्पा,सोम प्रसाद गुरुङ,शालिकराम डुम्रे,शितल खतिवडा,इमा सापकोटा भट्ट,विदुर गौतम,लक्षमण खत्रीबीच प्रतिस्पर्धा हुने निर्वाचन समितिले जनाएको छ ।
एनआरएनए स्पेनको वर्तमान अध्यक्ष चिन्तामणि सापकोटाको आगमनसँगै चरम राजनीतिका कारण एनआरएनए प्रति वितृष्णा बढ्दै गएको राज खनाल बताउँछन् । खनालले भने निर्वाचनमा हाम्रो होईन् राम्रो उमेदबार सामाजिक अभियान्ताको रूपमा काम गर्ने मान्छे पहिचान गरेर भोट समावेशी समुहलाई मतदान गर्ने अपिल समेत गरेका छन् । यस्तै युरोपबाट आफ्नो गायन क्षेत्रमा हौसिएका चर्चित गायक तुलसी सिवाकोटीले एनआरएनए स्पेनमा गफ बढि काम कम गर्नेलाई भन्दा काम गर्ने नेपालीलाई सामाजिक संस्थाको नेतृत्वमा ल्याउनुपर्छ भनेर सामाजिक संञ्जालबाट प्रचारप्रसार ब्यापक पारेको बताउँछन् । गायक सिवाकोटीले भने समावेशी समूहलाई अत्यधिक मतदान सहित विजयी बनाऔ भनेर चुनाबी मैदानमा होमिएको बताए ।
एनआरएनए स्पेनको निर्वाचन दुई चरणमा हुनेछ भने क्षेत्रिय समितिहरूमा ८ सेक्टेम्बर आइतबार हुदैछ र केन्द्र वार्सिलोनामा ९ सेक्टेम्बर सोमबार हुने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्