होटल क्राउन हिमालयज र एभरेष्ट बैंकबीच सम्झौता

काठमाडौं– एभरेष्ट बैंक लिमिटेड र होटल क्राउन हिमालयजबीच छुट सम्झौता भएको छ । पोखराको लेकसाइडमा रहेको होटल क्राउन हिमालयजमा बुधबार एक कार्यक्रमबीच छुट सम्झौतामा हस्ताक्षर भएको हो ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्मा र होटलका सञ्चालक आग्रह अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै बैंकका ग्राहक तथा कर्मचारीले होटल क्राउनको सेवामा १० प्रतिशत छुट पाउनेछन् । रुम, रेष्टुरेन्ट र स्पाको सेवामा प्राप्त हुने छुटले बैंकका ग्राहक तथा कर्मचारीहरु लाभान्वित हुने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले जानकारी दिए ।
होटल क्राउन हिमालयज पोखरा क्षेत्रको सुविधा सम्पन्न होटलमध्येमा पर्न सफल छ । होटलबाट आन्तरिक तथा बाह्य पर्यटकलाई स्तरीय सेवा प्रदान गरिरहेको सञ्चालक अर्यालले जानकारी दिए । होटलमा सिङ्गल, डबल, ट्रिपल, स्ट्याण्डर्ड तथा डिलक्स गरी ३८ वटा रुम छन् ।