एनसेलको बम्पर पुरस्कार हस्तान्तरण

काठमाडौं– एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजनाअन्तर्गत थप तीन ग्राहकलाई स्कुटर प्रदान गरेको छ । बम्पर पुरस्कार काठमाडौंको नयाँ बानेश्वर, भैरहवा र जनकपुरस्थित एनसेल सेन्टरमा आयोजित भिन्नाभिन्नै कार्यक्रममार्फत हस्तान्तरण गरिएको हो ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले नयाँ बानेश्वर एनसेल सेन्टरमा ललितपुरका आकाश तामाङलाई बम्पर पुरस्कार स्कुटर हस्तान्तरण गरेका छन् भने एनसेल सेन्टर भैरहवाबाट अभिनेत्री केकी अधिकारीले बाँकेकी मिना त्रिपाठीलाई बम्पर पुरस्कार स्कुटर हस्तान्तरण गरेकी हुन् ।
त्यसैगरी सप्तरीका सुदिप कुवार क्षेत्रीलाई अभिनेत्री प्रियंका कार्कीले एनसेल सेन्टर जनकपुरमा आयोजिक कार्यक्रममा बम्पर पुरस्कार स्कुटर हस्तान्तरण गरेकी थिइन् । यस योजनामा प्रत्येक ग्राहकलाई दैनिक स्योर प्राइज प्रदान गरिएको थियो ।
एनसेल सम्बन्धी उत्कृष्ट नारा पठाउने एक हजार ग्राहकहरुलाई हरेक हप्ता एक सय रुपैयाँ बोनस ब्यालेन्स प्रदान गरिएको थियो । यस योजनाअन्तर्गत दैनिक रुपमा ग्राहकलाई प्रदान गरिएको स्योर प्राइजमा डिजिटल सेवा, ब्यालेन्स, डाटा, टक टाइम र एसएमएसहरु रहेका थिए ।