क्रिकेट टिमलाई मेरिना इम्पेक्सको साथ

काठमाडौं– मेरिना इम्पेक्सले नेपालका क्रिकेट खेलाडीलाई प्रोत्साहन गर्न साथ दिने भएको छ । मेरिनाले विश्व कप क्रिकेटमा सहभागी खेलाडी तथा नेपाल क्रिकेट संघका पदाधिकारी गरी ४० जनाका लागि सुट प्रदान गर्ने भएको हो ।
मेरिनाका सञ्चालक अर्जुन बस्नेतले सामाजिक उत्तरदायित्वअन्तर्गत खेलाडीलाई हौसला प्रदान गर्न सहकार्यको हात अगाडि बढाएको बताए । त्यसका लागि बिहीबार क्यान र इम्पेक्सबिच सम्झौता भएको छ । सम्झौताअनुसार इम्पेक्सले खेलाडी र सदस्यलाई ४० थान सुट सहयोग गरिने भएको छ ।
विगत ४१ वर्षदेखि सर्टिङ सुटिङ क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएको मेरिनाले विभिन्न अवसरमा विशेष योजना सार्वजनिक गर्दै आएको छ । इम्पेक्सले हाल न्यूरोड, बागबजार, गावाहाल पाटन र सामाखुशीबाट सेवा दिँदै आएको जनाएको छ ।