अभिकर्ता तालिम

काठमाडौं– आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडद्वारा देवघाट गाउँपालिकामा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । तालिममा विभिन्न जिल्लाबाट ३३ जना सहभागी थिए ।
तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने अभिकर्ताले कम्पनी र ग्राहकबीच आफ्नो योग्यता अनुसार प्रभावकारी भूमिका निर्वाह गर्ने विस्वास लिएको कम्पनीको भनाइ छ । तालिमबाट उक्त क्षेत्रमा नेपाल बीमा प्राधिकरणले निर्देशन गरेबमोजिम कृषि तथा पशुपन्छी बीमा गर्नका लागि ग्राहकले सहज रुपमा सुविधा पाउने अपेक्षा रहेको कम्पनीको भनाइ छ ।