Logo

पर्यटकले राजस्वमा वृद्धि

मुगु– मुगुको रारा ताल घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटक बढेपछि राजश्व संकलनमा वृद्धि भएको छ । रारा ताल, र रारा रष्ट्रिय निकुञ्जमा रहेका वनस्पति, विश्वमा रहेको दुलभ जातको असला माछा, भ्यागुता, धार्मिक तथा सांस्कृतिक मठ मन्दिर, देवल, चारैतर्फ धुपि सल्ला, बनजंगलको निलो रंगले पर्यटक आकर्षित हुने गरेका छन् ।

पछिल्लो समयमा देशका विभिन्न पर्यटकीय क्षेत्रमा घुम्न आउने पर्यटकको संख्या बढेसँगै मुगुको रारामा पनी पर्यटक बढेका हुन् । साउनदेखि कात्तिक १५ सम्म रारा घुम्न आउने आन्तरिक पर्यटक तीन हजार २००, सार्क मुलुकका २७ र अन्य विदेशी नागरिक ७६ जना गरी ३ हजार ४०० सयभन्दा बढी पर्यटक रारा आएका छन् ।

नेपाली पर्यटकबाट प्रति व्यक्ति एक सय रुपैयाँ, सार्क मुलुकका पर्यटकबाट प्रति व्यक्ति १ हजार ५०० र बिदेशी पर्यटकबाट प्रति व्यक्ति ३ हजार रुपैयाँका दरले मूल्य अभिवृद्धि करसहित नौ लाख ३४ हजारभन्दा बढी राजश्व संकलन भएको रारा राष्ट्रिय कार्यालय हुटु मुगुका नि.वरिष्ठ संरक्षण अधिकृत राजु घिमिरेले बताए ।

रारामा नेपालगन्जबाट गाडी जिपले दुई दिनमा, रारा ताल्च बिमान स्थालसम्म हवाई जहाजबाट ४५ मिनेटमा र ताल्चा विमानस्थालबाट रारा तालसम्म १ घण्टामा पुग्न सकिन्छ । रारा ताल समुन्द्र सतहदेखि दुई हजार ९०० मिटरको उचाइमा रहेको छ । तालको लम्वाइ ५.१ किमी, चौडाइ २.७ किमि र १६७ मिटर गहिराइ रहेको छ ।

रारा तालको छेउमा रहेको समुन्द्र सतहदेखि ३ हजार ६ सय ३० तिस मिटरको उचाइमा रहेको मुर्माटप पनि रारा घुम्न आउनेहरु पुग्ने गर्छन । बाजुरा, जुम्ला, हुम्ला, कालीकोट, अछाम, मुगु र हुम्लामा रहेको चंङखेली, छाँयानाथ, कोहिजि मरका हिमाल मुर्माटपबाट देख्न सकिन्छ । राराबाट २ घण्टा टाठा रहेको चुचेमारा लेकतिर जाँदा कस्तुरी, भालु, बँदेल, रेडपाण्डा, निगाली बाघ जस्ता जनावर पनि देख्न पाइने हुँदा यस क्षेत्रमा पनि पर्यटक आउने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्