डिशहोमको विजेता घोषणा

काठमाडौं– डिशमोमको हरेका हप्ता सुपरस्टार सिजनको मेगास्टार योजनाअन्तर्गत ग्राहक आनसिहंं बोहोराले नगद एक लाख रुपैयाँ जितेका छन् । लक्की ड्र मार्फत बोहोराले नगद एक लाख जितेका हुन् ।
डिशहोमले दशैं तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो । यस योजनाअन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकले हरेक हप्ता लक्की ड्र मार्फत नगद एक लाख प्राप्त गर्न सक्नेछन् ।
यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् । जसमा नगद दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैै जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन् । यस अभियानमा सहभागी हुनका लागि ग्राहकले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने कम्पनीले जनाएको छ ।
सुपरस्टारको छनोट हरेक साताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा प्रत्यक्ष प्रसारण हुनेछ ।