Logo

कुसोमको डिनमा केसी

काठमाडौं- काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम)को डिनमा प्रा.डा. विजय केसी पुन नियुक्त भएका छन् । नेपालमै पहिलो पटक मास्टर्स अफ विजनेस एडमिनिस्ट्रेसन (एमबिए) भित्र्याएका केसी तेस्रो पटक डिन नियुक्त भएका हुन् ।

केसी पहिलो पटक सन् १९९२ मा डिन बनेका थिए । डिन बनेर केसीले १४ वर्ष कुसोमको नेतृत्व गरेका थिए । त्यसपछि उनी पुन दोस्रो पटक सन् २०१७ मा डिन बने । काठमाडौं विश्व विद्यालयको सञ्चालक समितिले केसीले डिन नियुक्तीको पत्र दिइसकेको छ ।

प्रा.डा केसीले काठमाडौं विश्वविद्यालयको प्रारम्भिक वर्षहरूमा स्कुल अफ म्यानेजमेन्टको डिनको रूपमा काम गरिसकेको बताए । उनले काठमाडौं विश्वविद्यालयमार्फत नेपालको उच्च शिक्षा प्रणालीमा योगदान पुर्‍याउन सकिने प्रचुर सम्भावना रहेको तथ्यलाई स्वीकार गर्दै आफूले फेरि एक पटक डीन पद स्वीकार गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्