रुकुममा टेलिफोन शुल्कवापत १० लाख असुल हुन बाँकी «

रुकुममा टेलिफोन शुल्कवापत १० लाख असुल हुन बाँकी

रुकुम-ल्याण्डलाइन टेलिफोनलाइन जडान गरेर लामो समय सम्म रकम नतिर्ने ग्राहकहरुलाई नेपाल टेलिकम रुकुम पश्चिमले पत्र काट्न शुरु गरेको छ । पहिलो चरणमा ८२ जना ग्राहकहरुलाई चिठि काटेको कार्यालय प्रमुख कृष्णप्रसाद शर्माले जानकारी दिए । उनका अनुसार उक्त ग्राहक बिवरणमा नयाँ देखि २ बर्ष सम्म टेलिफोन शुल्क नतिर्ने ग्राहकहरु रहेका छन ।
को को हुन रकम नतिर्ने ग्राहक ?
टेलिफोन जडान गरेर लामो समय सम्म रकम नतिर्नेमा प्रतिष्ठित ब्यक्ति देखि चल्तीका संघसंस्था समेत छन । जसका जिल्ला स्थित केहि संचार संस्था तथा पत्रकारहरुको समेत सूची रहेको बताईएको छ । टेलिफोन शुल्क रकम नबुझाउनेलाई शुरुमा पत्र काटेर जानकारी दिने, घरदैलो कार्यक्रम गर्ने र त्यस गरेर पनि रकम अशुल नभए कानुन अनुसार प्रकृया अगाडि बढाउने कार्यालय प्रमुख शर्माले बताए । ‘८२ वटा ग्राहकबाट हाम्रो कार्यालयले १० लाख बढी रकम लिन बाँकी छ’ उनले भने ।
फोन नगरे पनि मासिक लाग्छ शुल्क : 
ल्याण्डलाइन टेलिफोन जडान गरेपछि टेलिफोन नगरेपनि न्यूनतम मासिक शुल्क तिर्नुपर्ने हुन्छ । ल्यान्डलाइन टेलिफोनको मासिक न्यूनतम शुल्क २ सय ५६ रुपैयाँ हो । यो रकम कुनै नम्बरमा एक कल फोन नगरेपनि ग्राहकले मासिक तिर्नुपर्ने हुन्छ । शुल्क नबुझाउनेमा केहि यस्तै निस्कृय ग्राहकहरु पनि छन । ‘जसले टेलिफोन लाइन जडान गरेपनि आफुलेहरुले कतै फोन गरेका छैनौं, के शुल्क लागेको होलार भन्ने धेरै ग्राहकले सोच्दा रहेछन’ प्रमुख शर्माले भने, ‘फोन नरेपनि न्यूनतम शुल्क त तिर्नु नै पर्छ, यदि कुनै ब्यक्ति तथा संस्था टेलिफोन लाइन बन्द नगरेर त्यतिकै छाड्यो भने पनि मासिक रकम थपिरहन्छ ।’
प्रयोग नगरेर यदि फोन थन्काएको भए पत्र लेखेर लाइन काट्न कार्यालयले अनुरोध गरेको छ । बाँकी रकम तिरेर लाइन काटे मासिक तिर्नुपर्ने न्यूनतम शुल्कबाट बचिने कार्यालयको भनाई छ । तर धेरै ब्यक्ति तथा संस्थाले टेलिफोन जडान गर्ने तर प्रयोग बिहिन हुदा पनि लाइन काट्न पत्र नलेखेका कारण नयाँ ग्राहकहरुलाई समेत बिस्तार गर्न समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्