Logo

डिम्याट खातामा एसविआई मर्चेन्टको छुट

काठमाडौं– नेपाल एसविआई मर्चेन्ट बैकिंग लिमिटेडले डिम्याट तथा मेरो सेयर खाता खोल्न निश्चित अवधिका लागी बम्पर छुट सहितका योजनाहरु सार्वजनिक गरेको छ ।

चाडपर्वको अवसरमा यस्ता खाताहरुको सहज पहुँचले, गा्रहकले सुपथ लागतमा, धितोपत्र लगानीका अवसर प्राप्त गर्ने अपेक्षा कम्पनीले गरेको छ । पुँजी बजारमा सहभागिताका साथै, धितोपत्र निस्काशन, कम्पनीको पुँजी सुनिश्चिततामा सघाउ पुग्ने उद्देश्यले छुट योजना ल्याएको मर्चेन्टले जनाएको छ ।

छुटसहितका सेवा प्राप्त गर्नका लागी, एसविआइ बैंकका शाखाहरु तथा, नेपाल एसविआई मर्चेन्ट बैकिंग कार्यालयमा सम्र्पक गर्न पनि अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्