Logo

टिभिएस महा एक्सचेन्ज महोत्सव

काठमाडौं– नेपालका लागि टिभिएसको आधिकारिक विक्रेता जगदम्बा मोटर्सले महा एक्सचेन्ज महोत्सव उमंगै उमंगको आयोजना गर्ने तयारी गरेको छ ।

महा एक्सचेन्ज महोत्सव उमंगै उमंगको महोत्सव काठमाडौंको भृकुटी मण्डपमा नोवेम्बर ७ देखि ११ सम्म आयोजना हुने कम्पनीले जनाएको छ । महोत्सवकै माध्यमबाट कम्पनीले आपाचे आरटीआर १६० फोरभी एफ आइ सई पनि सार्वजनिक गर्ने तयारी गरेको छ ।

सवारी साधनमा उत्कृष्ट गुणस्तरको प्रतिबद्धता र उत्कृष्ट उपभोक्ता अनुभवका लागि परिचित जगदम्बा मोटर्सले महा उत्सवका रुपमा मनाउन महोत्सवको आयोजना गर्न लागेको हो । महा एक्सचेन्ज महोत्सव उमंगैउमंगको महोत्सवमा उपभोक्ताले कुनैपनि ब्राण्डको पुरानो बाइक वा स्कुटरको एक्सचेन्ज गर्दा विभिन्न सुविधा तथा अफरहरु हात पार्न सक्नेछन् ।

उपभोक्ताले मेलामार्फत आफ्ना पुराना बाइक वा स्कुटरको एक्सचेन्ज गर्दा ५० हजार रुपैयाँसम्मको एक्सचेन्ज भ्यालु एडिशन, नकिन्दा १ लाख र किन्दा ५ लाख रुपैयाँसम्मको क्याश डिस्काउन्ट र बम्पर उपहारमा १० लाख नगद जित्ने अवसर समेत प्राप्त गर्नेछन् । साथै २५ प्रतिशत सम्मको न्यून डाउन पेमेन्ट, हेल्मेट, बाईक कभर र ब्यागलगायत फ्रि एक्सेसरिजको सुविधापनि महोत्सवमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यी सबै सुविधाका साथै शुन्य प्रतिशत ब्याजदरमा नयाँ बाईक खरिद गर्ने अफरपनि महोत्सवमा उपलब्ध हुनेछ । जगदम्बा मोटर्स नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न सफल भएको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्