नेपाललाई आइशर प्रोफर्मर्स च्याम्पियन उपाधि

काठमाडौं– आइमारले हरेक वर्ष मनाउने प्रोफर्मर्स अफ द इयरमा नेपालले आइशर प्रोफर्मर्स च्याम्पियन उपाधि हासिल गरेको छ । यसमा नेपालसहित ३० देशहरूले आफ्नो सहभागिता जनाएका थिए ।
व्यावसायिक साझेदारहरूको प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आइशरले यो कार्यक्रम आफ्नो विशेष पहलमा सन् २०१४ मा सुरूवात गरेको थियो । सुरुवातदेखि नै यसले व्यक्तिगत क्षमताको मुल्यांकन गर्दै बिक्री, उत्पादन ज्ञान बजार रणनीतिहरूको मुल्यांकन गर्दै आएको छ ।
प्रतियोगितामा विभिन्न कठिन चरणहरू समावेश गरिएको थियो । जसमा अनलाइन परीक्षण, व्यक्तिगत साक्षात्कार उत्पादन प्रदर्शन र केस स्टडीहरू समावेश गरिएका थिए । यसको अन्तिम समापन कार्यक्रम नेपालमा आयोजना गरिएको थियो । यस प्रतियोगितामा विभिन्न देशका २०० सहभागीहरूले आफ्नो असाधारण कौशल, समर्पण र ज्ञान प्रदर्शन गरेका थिए ।
यो उपाधि हासिल गर्न बतास एमएडब्लूका कर्मचारी प्रडक्ट हेड ठाकुर कुमार गाह र अफिसर अशोक थापाको योगदान रहेको थियो । गाह र थापाले प्रतियोगिताभर आफ्नो उत्कृष्ट क्षमता प्रदर्शन गर्दै उत्कृष्टता र विशेषज्ञताको उदाहरण दिएका थिए । उत्कृष्ट प्रदर्शन प्रदान गर्ने र आइशरको मूल्यवान ग्राहकको आवश्यकतालाई सम्बोधन गर्ने प्रतिबद्धताले नै उनीहरुलाई आइशर प्रोफर्मर्सको च्याम्पियन बनाइएको हो ।
विगत ४० वर्षदेखि नेपालको व्यवसायिक सवारीको क्षेत्रमा अत्याधिक ग्राहकले रुचाएको ब्रान्ड आइशर बतास एमएडब्लूले आधिकारिक रूपमा बिक्री गर्दै आईरहेको पनि विज्ञप्तिमा उल्लेख छ । विश्वभर ७० भन्दाबढी देशमा फैलिएको आइशरले भोल्भो र आइशरको संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ विभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउँदै आइरहेको छ ।
हालै भएको बतास र एमएडब्लूबीचको एकताले व्यावसायिक सवारी साधनको बजारमा नयाँ आयाम थप्नुका साथै ११ शाखा, चार डिलर र १६ टच पोइन्टसका साथ देशैभर व्यावसायिक सवारी साधनहरू उपलब्ध गराउँदै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।