Logo

इन्भेष्टमेन्ट मेगा बैंकको वृक्षारोपण

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको ‘एनआइएमबि ग्रिन फ्युटर सेभिङ खाता’ अन्तर्गत एक खाता, एक विरुवा अभियानद्घारा वृक्षारोपण गरिएको छ । बैंकले प्रत्येक एनआइएमबि ग्रिन फ्युटर सेभिङ खाता खाता खोल्ने ग्राहकको नाममा एक विरुवा रोप्ने र त्यसको संरक्षण गर्ने बताएको छ ।

बैंकले लुम्बिनी वल्र्ड पिस फोरमसँग सहकार्य गरी टोखा नगरपालिका वडा नम्बर २ मा ५०० विरुवा रोपी यस अभियानको सुरुवात गरेको हो । वृक्षारोपण कार्यक्रममा बैंकका कर्मचारीहरु, लुम्बिनी वल्र्ड पिस फोरमका अध्यक्ष बासु गौतम, टोखा नगरपालिका वडा नम्बर २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ,वडाका जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

यस खाताको मुख्य उद्देश्य ग्राहकलाई भविष्यका लागि बचत गर्न प्रत्साहित गर्नुका साथै वातावरण संरक्षणमा योगदान पुर्‍याउनु रहेको छ । ५०० रुपैयाँमा खोल्न सकिने यस खातामा ग्राहकले आकर्षक ब्याजदर, ग्रिन पिन कार्ड सुविधा, निःशुल्क चेक बुक, प्रथम वर्षका लागि निःशुल्क डेबिट कार्ड तथा मोबाइल बैंकिङ, निःशुल्क इन्टरनेट बैंकिङ सुविधा उपलब्ध गर्न सक्ने पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्