Logo

वायुसेवा निगमको निःशुल्क ढुवानी

काठमाडौं– नेपाल वायुसेवा निगमले भूकम्पपीडितको उद्दारको लागि निःशुल्क ढुवानी सेवा सुरु गरेको छ । निगमको ९एन– एविटि कल साइनको ट्वीनअटर विमान तत्कालै परिचालन गरी रुकुमतर्फ उडान भरेको छ ।

सरकारको समन्वयमा घाइतेहरुलाई नेपालगञ्ज तथा काठमाडौंसम्म उद्दार गरी लगिएको र उक्त विमानमार्फत निगमले सो क्षेत्रमा आफ्नो सेवा सुचारु राखेको छ । भूकम्प प्रभावित क्षेत्रबाट उद्दार गरिएका घाइते र कुरुवाको हवाई भाडा सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले निःशुल्क गर्ने निर्णय गरेको छ ।

साथै, सरकारको समन्वयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट प्राप्त हुने राहत सामग्री समेत जहाजको क्षमता र ठाउँ उपलव्धताको आधारमा निगमको उडान हुने सेक्टरबाट सेड्युल उडानमा निःशुल्क ढुवानी गरिने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्