समृद्धि फाइनान्सको सरसफाई कार्यक्रम

काठमाडौं– समृद्धि फाइनानसले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौं शाखाबाट काठमाडौंको नक्सालस्थित नागपोखरी परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा समृद्धि फाइनान्सले मन्दिर व्यवस्थापन समितिलाई ४ वटा डस्टबिन, झाडु, तथा डस्टप्यान उपलब्ध गराएको छ । फाइनान्सले कार्तिक १९ देखि २५ सम्म २२ औं वार्षिकोत्सव मनाइरहेको छ । यो हप्ता फाइनान्सले आफ्ना शाखाहरुबाट विभिन्न सामाजिक तथा स्वास्थ्य सचेतनामुलक कार्यक्रहरु गर्ने जानकारी गराएको छ ।
कार्तिक २२ मा जनकपुर शाखाबाट सरसफाइ कार्यक्रम र कार्तिक २४ मा पुतलीसडक शाखाबाट साइकल र्याली गर्ने जानकारी गरएको छ । नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको फाइनान्सले हाल १३ वटा शाखामार्फत कारोबार गर्दै आएको छ ।
आर.टि.जि.एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिंगलगायतका बैंकिग र मोवाइल बैंकिग, डेबीट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको पनि फाइनान्सले जनाएको छ ।