सुनको मूल्य फेरी ७३ हजार ५ सय रुपैयाँ कायम «

सुनको मूल्य फेरी ७३ हजार ५ सय रुपैयाँ कायम

मंगलबार ५०० रुपैयाँ बढेर ७२ हजार ५ सय कायम भएको सुनको मूल्य बुधबार तोलामा एक हजार रुपैयाँ बढेर ७३ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि गत ९ गते हालको मूल्य कायम भई सुनको मूल्यले नयाँ रेकर्ड राखेको थियो । बुधबार तेजावी सुन ७३ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै, चाँदी तोलामा ४५ रुपैयाँ बढेर तोलाको ९ सय ४० रुपैयाँमा कायम भएको छ । मंगलबार चाँदी मूल्य तोलाको ८ सय ९५ थियो । पछिल्लो समय अमेरिका र चीनबीचको व्यापार युद्धको असर, इराक र अमेरीकाबीचको द्वन्द्व, आन्तरिक प्रतिस्पर्धा तथा विश्व बजारमा सेयर बजार कमजोर भएका कारण सुनको मूल्य बढेको हो ।

प्रतिक्रिया दिनुहोस्