Logo

कलैयामा इन्भेष्टमेन्ट मेगा बैंकको शाखा

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आइतबारदेखि बाराको कलैया उपमहानगर पालिका वडा नम्बर ४, बरियारपुर रोडस्थित नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगै मधेश प्रदेशमा बैंकको २१ वटा शाखाहरू भएका छन् ।

कलैया उपमहानगरपालिकाका मेयर बिनोद साह र बैंकका कार्यकारी प्रमुख ज्योति प्रकाश पाण्डेले संयुक्त रुपमा नयाँ शाखाकोे उद्घाटन गरेका हुन् । उद्घाटन गर्दै मेयर साहले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दाहरूलाई सहज हुने बताए ।

कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामेश्वर यादव, उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह तेलीलगायत स्थानीयहरूको उपस्थिति रहेका थियो ।

प्रतिक्रिया दिनुहोस्