कामना सेवा फुटसल कप सम्पन्न

काठमाडौं– कामना सेवा विकास बैंकले स्थापनाको १६ औं वर्ष पूरा गरी १७ औं वर्षमा प्रवेशको अवसरमा विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । सोन्तर्गत कामना सेवा फुटसल कप सिजन ३ सम्पन्न भएको हो ।
पुरुषतर्फको खेलको फाइनल खेलमा गरिमा विकास बैंकले माछापुच्छ्रे बैंकलाई २–१ ले हराउँदै उपाधि जितेको छ । त्यसै गरी महिलातर्फको फाइनल खेलमा माछाुच्छ्रे बैंकले आयोजक कामना बैंकलाई २–० ले हराउदै उपाधि जितेको छ । कामना बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष फुटसल कप आयोजना गर्दै आइरहेको छ । विजेता तथा उपविजेता टिमलाई बैकको तर्फवाट ट्रफि, मेडल, प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो ।
बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल, प्रमुख सञ्चालन अधिकृत विकास ढुंगाना र एन्फा रेफ्रि नारायण अधिकारीले विजेता तथा उपविजेता टिमलाई पुरस्कार प्रदान गरेका थिए । त्यस्तै, बैंकको बुटवल क्षेत्रमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंक सञ्चालक भिमप्रसाद तुलाचनको प्रमुख आतित्यथा र नेपाल रक्तदाता संघ, बुटवलका अध्यक्ष दयावहादुर सिलवालको आतित्यथामा सम्पन्न भएको उक्त रक्तदान कार्यक्रममा ७६ पिन्ट रगत संकलन भएको बैंकका बुटवल क्षेत्रका क्षेत्रीय प्रमुख खिमलाल भुषालले बताए ।
वार्षिकोत्सवको अवसरमा आयोजना गरिएका विभिन्न कार्यक्रमअन्तर्गत बैंकको कोशी प्रदेशले धरान उपमहानगरपालिकामा श्रमदान गरेको छ । धरान उपमहानगरपालिकाले कोकाह खोलादेखि धरानसम्म पानी ल्याई रिचार्ज गर्नको लागि निर्माण गर्न लागिएको रिचार्ज ट्यांकी निर्माण कार्यको लागि श्रमदान गरेको हो । उक्त श्रमदान कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसमेतको उपस्थिती रहेको बैंकका कोशी प्रदेश प्रमुख मोहन दत्त खनालले बताएको विज्ञप्तिमा उल्लेख छ ।