टि २० क्रिकेट खेलाडीलाई आईएमई लाइफको जीवमा बीमा «

टि २० क्रिकेट खेलाडीलाई आईएमई लाइफको जीवमा बीमा

काठमाडौं– आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल टी–२० विश्वकपमा छनोट भएकोमा सबै टी–२० नेपाली क्रिकेट टोलीलाई २५ लाख रुपैयाँ बराबरको आईएमई सुरक्षा म्यादी जीवन बीमा प्रदान गर्ने भएको छ । कम्पनीले नेपाली राष्ट्रिय क्रिकेट खेलाडी टोलीको मनोबल बढाउन र सम्मान स्वरुप खेलाडीहरुलाई जीवन बीमा प्रदान गर्ने भएको हो ।

आईएमई लाइफ इन्स्योरेन्सले टी–२० विश्वकप फाइनल एशियाका टोलीमा भएका र नेपाली क्रिकेट जगतमा महत्वपूर्ण योगदान पुर्‍याएका सबै २० खेलाडीहरुलाई आईएमई सुरक्षा म्यादी जीवन बीमाद्वारा पुरस्कृत गर्ने घोषणा गरेको छ । युएई विरुद्ध उत्कृष्ठ प्रदर्शन गरि फाइनलमा प्रवेश गरेका नेपाली क्रिकेट टोली आगामी खेलमा ओमानसँग खेल्ने छ ।

राष्ट्रिय क्रिकेट टोलीलाई टी–२० विश्वकपको यात्रामा समर्थन गर्न पाउँदा उत्साहित रहेको आईएमईले जनाएको छ । साथै, इन्स्योरेन्सले नेपाली क्रिकेट टोलीलाई टी–२० विश्वकप फाइनल एशिया कोफाइनल खेलका लागि शुभकामना व्यक्त गर्दै आगामी दिनमासमेत नेपाली खेलकुद जगतलाई समर्थन तथा प्रोहत्साहन गर्न विभिन्न कार्यक्रम ल्याउने प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्