भारतमा अगरबत्तीको आयातमा साढे १२ हजार प्रतिशतले वृद्धि «

भारतमा अगरबत्तीको आयातमा साढे १२ हजार प्रतिशतले वृद्धि

नयाँ दिल्ली-भगवानको मूर्तिपछि अब भरतीयको घरमा चिनियाँ अगरबत्तीको पनि भरमार प्रयोग हुन थालेको छ । चीनबाट ठूलो परिमाणमा अगरबत्ती आयात हुनाले भारतीय अगरबत्ती उद्योगले खतरा महशुस गर्न थालेका छन् ।
विगत केही वर्षदेखि चीनबाट भारतमा आयात भएको अगरबत्तीको अनुपात हजारौ गुणाले वृद्धि भएको छ ।
कपडा एवंम ग्रामिण उद्योग (केभीआईसी) को तथ्यांक अनुसार चीन र भियतनामबाट ठूलो परिमाणमा अगरबत्तीको आयात भइरहेको छ । विशेषगरी चीनबाट भारतमा आयात हुने अगरबत्तीमा ठूलो परिमाणमा वृद्धि भइरहेको छ ।
२०११ मा चीनबाट भारतमा गरिएको अगरबत्तीको आयात १.७ करोड भारुको थियो । यो २०१८ मा गएर २१२ करोड भारु पुगेको छ । यसरी विगत ७ वर्षको अवधिमा चीनबाट अगरबत्तीको आयात १२३७० प्रतिशतले वृद्धि भएको छ ।
केभीआईसीका अनुसार २०१८ मा भारतको अगरबत्ती उद्योग करिब ६००० करोड भारुको थियो । एक मिडिया रिपोर्टका अनुसार यो मध्ये ८०० करोड रुपैयाँको अगरबत्तीको आयात गरिएको छ । जसमा कच्चा अगरबत्ती तथा बासको स्टिक समावेश छ । २००९ मा भारतमा ३१ करोड रुपैयाँको कच्चा अगरबत्तीको आयात गरिएको थियो । यो २०१८ मा बढेर ५४६ करोड रुपैयाँको भएको छ ।
केभीआईसीका अध्यक्ष भीके सक्सेनाका अनुसार २००८ देखि २०११ सम्म १ करोड रुपैयाँको भन्दा पनि कमको बासको स्टिक आयात हुने गरेको थियो । जुन २०११ मा आयात शुल्क घटेपछि २०१४ देखि २०१८ सम्मको अवधिमा १२९ करोड भारु पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्