चिरख्वा हाइड्रोपावरको आईपीओ बाँडफाँट

काठमाडौं– चिरख्वा हाइड्रोपावरको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कुल ८५ हजार ९३० जना सर्वसाधारणले १० कित्ताका दरले कम्पनीको आईपीओ पाएका छन् । कम्पनीले ८ लाख ५९ हजार ३ सय कित्ता सेयर सर्वसाधारणका लागि निस्कासन गरेको थियो ।
कुल ११ लाख ३१ हजार ९३६ आवेदन स्वीकृत भएकोमा ८५ हजारले मात्रै आईपीओ पाएका हुन् । कम्पनीले कात्तिक २३ देखि २६ सम्म आईपीओ निस्कासन गरेको थियो । कम्पनीले भोजपुरको षडानन्द नगरपालिकामा ४.७ मेगावाट जडित क्षमताको चिरख्वाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
आयोजना निर्माणको अन्तिम चरणमा रहेको जनाइएको छ । आयोजनाको कुल अनुमानित लागत ९९ करोड ८० लाख रुपैयाँ रहेको छ । आयोजनाको प्रतिमेगावाट लागत २१ करोड २३ लाख ४० हजार ४२६ रुपैयाँ रहेको छ ।