मेटलाइफको माई चाईल्डस एडूकेशन प्रोटेकशन प्लान

काठमाडौं– मेटलाइफले यो साता आफ्नो नयाँ बीमा योजना ‘माई चाईल्डस एडूकेशन प्रोटेकशन प्लान’ ल्याएको छ । यो बीमा योजना ३१ दिनदेखि १५ वर्ष उमेरका बालबालिकाहरुको लागि संरक्षण प्रदान गर्न तयार गरिएको हो । यस योजनाको उद्देश्य बालबालिकाहरुले जीवनमा जस्तोसुकै चुनौतीहरू सामना गर्नु परे पनि उनीहरूको शैक्षिक आकांक्षाहरूको निरन्तरता सुनिश्चित गर्नु रहेको छ ।
यो बीमा योजना एक बृहत् समाधान हो । जसले बालबालिकाहरुलाई मात्र नभई अभिभावकलाई पनि बीमा कभरेज प्रदान गर्छ । अभिभावकको दुर्भाग्यपूर्ण मृत्युको अवस्थामा, यस योजनाले बीमांक रकमको सत प्रतिशत बराबर एकमुष्ठ भुक्तानी प्रदान गर्छ । यसको अतिरिक्त, भविष्यमा भुक्तानी गर्नुपर्ने बीमाशुल्कको छूट तथा बीमा योजनाको बीमांक रकमको २ प्रतिशत बराबरको मासिक आय लाभसमेत प्रदान गर्छ ।
अभिमावकलाई हुन सक्ने सम्भावित असक्तता, दुर्घटना र घातक रोगविरुद्ध रक्षावरणका लागि विभिन्न पूरक करारमध्येबाट छनौट गर्ने विकल्प पनि यसमा छ । न्यूनतम बीमांक रकम दुई लाख ५० हजार र अधिकतम पाँच लाख रुपैयाँ भएको यो योजनामा १० देखि २५ वर्षसम्मको लचिलो बीमा अवधिमध्ये छनौट गर्न सकिन्छ ।
यस्ता योजनाले आमाबाबुलाई आफ्नो बालबालिकाको शैक्षिक र भविष्यका आवश्यकताहरू अनुरूप सबै भन्दा उपयुक्त बीमालाभ छनौट गरी रक्षावरण प्राप्त गर्न मद्दत गर्ने कम्पनीले बताएको छ । मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले यो योजनाले नेपालको युवाहरूको भविष्यका लागि हाम्रो आश्वासनलाई प्रतिनिधित्व गर्ने बताए ।