Logo

सेरेसको ललितपुरमा नयाँ शोरुम

काठमाडौं– विद्युतीय सवारी साधन सेरेसले ललितपुरको थासिखेलमा आफ्नो दोस्रो अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ । नेपालमा सेरेस ईभीहरूको आधिकारिक वितरक एमएडब्लू अटोकर्पले ललितपुरमा डिलरशिपका लागि सिल्भर मुन मोटर्स प्रालिसँग साझेदारी गरेको हो ।

शोरुमले ब्रान्डको पहुँचलाई थप विस्तार र सम्भावित ग्राहकहरूलाई सेवा दिनको लागि थप सहज हुने छ । उद्घाटन समारोहमा एमएडब्लु ग्रुपका प्रबन्ध निर्देशक विष्णु अग्रवाल, सेरेसका कन्ट्री म्यानेजर फोर्डहु, सिल्भरमुन मोटर्सका अध्यक्ष विष्णु भण्डारी र निर्देशक यशोदा लक्ष्मी आचार्यको समेत उपस्थित थियो । सेरेसले सन् २०२३ मा विश्वको सबैभन्दा द्रुत विकास हुँदै गरेको अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमा मान्यता प्राप्त गरेको छ ।

जसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रति आफ्नो प्रतिबद्धता देखाएको छ । हुवाएसँगको साझेदारीले उन्नत विद्युतीय सवारी प्रविधिप्रतिको सेरेसको समर्पणलाई अझैप्रगाढ बनाएको छ । सेरेसलाई ब्रान्ड फाइनान्स अटोमोटिभ उद्योगले २०२३ मा विश्वको सबैभन्दा छिटो बढ्दै गरेको अटोमोबाइल ब्रान्डको रूपमा मान्यता दिएको छ । सेरेस युरोप प्रवेश गर्ने पहिलो चिनियाँ अटोमेकर हो ।

यो २१ युरोपेली राष्ट्रहरूसहित विश्वका करिब ७० देशहरूमा अवस्थित छ । जसमा नेपाल ७१औं गौरवशाली स्थान बनेको छ । सेरेस हुवाएको निर्माण साझेदार हो । यसले सन् २०२६ सम्ममा १० लाख ईभी उत्पादन गर्ने लक्ष्य राखेको छ । नेपालमा सेरेसले सेरेस ३ र सेरेस मिनी ईभी गरी दुईवटा मोडलहरू उपलब्ध गराउँदैं आएको छ ।

प्रतिक्रिया दिनुहोस्