Logo

सिटी एक्सप्रेसको एक लाख विजेताको नाम घोषणा

काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफरले २०८० सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गसँग पर्वको खुशी साट्न लगातार ६१ दिनसम्म चल्ने ‘विदेशबाट सिटी पठाऔं, दश गुणा बढी पाऔं’ उपहार योजनाको विजेता घोषणा गरेको छ ।

जसअन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही एक लाख, हरेक हप्ता ५ जनालाई जनही २५ हजार रुपैयाँका साथै ६१ दिन लगातार हरेक दिन एकसय जना विजेताहरुलाई जनही ५ सय रुपैयाँको वालेट टप अप प्रदान गरिने योजना रहेको थियो ।

त्यसैगरी जना भाग्यशाली बम्पर विजेताले आफूले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको छ । सोही योजना अनुरुप अहिलेसम्म ३ हजार १०० जनाले ५०० रुपैयाँको वालेट टप अप, २० जना सप्ताहिक विजेताले जनही २५ हजार रुपैयाँ जित्न सफल भैसकेका छन् भने एक जना मासिक विजेताले १ लाख रुपैयाँ जित्न सफल भएका छन् ।

कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा यु के बाट रेमिटान्स पठाउने स्वादेन लिम्बुले १ लाख जित्न सफल भएका हुुन् । कम्पनीका अनुसार यो अफर असोज १५ देखि मंसिर १५ सम्म लागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेसमार्फत विदेशबाट पैसा पठाउने सबै सेवाग्राही यो उपहार योजनामा सहभागी हुने पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्