रेनो ट्राइबर’को बुकिङ खुल्ला «

रेनो ट्राइबर’को बुकिङ खुल्ला

नेपालको नम्बर एक यूरोपियन ब्राण्ड रेनोले नयाँ प्रोडक्ट अल्ट्रा मोडुलर एसयूभि–रेनो ट्राइबरको बुकिङ खुल्ला गरेको छ । रेनो ट्राइबर भृकुटीमण्डपमा नाडा अटो शो २०१९ मा प्रदर्शनी गरिएको थियो ।
रेनो ट्राइबरको बुकिङ २७ अगष्टबाटै शुरु भइसकेको छ र ग्राहकहरुले केहि रकम तिरेर नाडा अटो शो पनि यो सुविधा प्रदान गरेको थियो । रेनोको ११ वटा अधिकृत डिलरबाट बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।
रेनो ट्राइबरको आकर्षक तथा स्टाइलिस लुकले गर्दा यो वास्तवमै गेम चेन्जर हो । साथै यसमा आधुनिक विशेषताहरु रहेका छन् । जस्तै पुस स्टार्ट–स्टप बटन, साँचोरहित प्रवेश गर्न मिल्ने ढोका छ जुन साँचोको सम्पर्क बिना नै खोल्न र बन्द गर्न सकिन्छ । अल्ट्रा मोडुलर एसयूभि भएकाले थुप्रै सामानहरु सहजै अटाउँछ । रेनो ट्राइबरमा रियर एसी रहेको छ जसमा पछाडिसम्म चिसो हावा प्रवाह गर्दछ र यसमा आफ्नो इच्छा अनुसार एयरफ्लो परिवर्तन गर्न पनि सकिन्छ ।
१८२ एमएम ग्राउण्ड क्लियरेन्सको साथ यस गाडीले साहसिक लुक दिनुका साथै यो सबै प्रकारको रोडका लागि उपयुक्त रहेको छ । रियर पार्किङ क्यामरेले यसलाई फराकिलो बनाएको छ र ८ इन्च टच स्क्रिनमा मिडिया नेभिगेसन विशेषता रहेको छ । मल्टीमिडिया प्रणाली जडान गरिएको छ जुन एन्ड्रोइड र एप्पल सपोर्ट सिस्टममा प्रयोग गर्न सकिन्छ । त्यस बाहेक रेनो ट्राइबरमा थुप्रै आकर्षक विशेषताहरु रहेका छन्, जसले यसलाई उद्योगमै अनुपम बनाएको छ । रेनो ट्राइबरमा १.० लिटरको ३ सिलिन्डर टर्बोचाज्र्ड पेट्रोल इन्जिनले ७२ पीएस र ९६ एनएम टर्क उत्पादन गर्दछ । यसलाई ५–स्पीड म्यानुअल ट्रान्समिसन अथवा ५ स्पीड इजि–रे एटियमसँग जोड्न सकिन्छ । यसमा ४० लिटर पेट्रोल अट्ने क्षमता छ ।

प्रतिक्रिया दिनुहोस्