नेपाल लाइफको एक दिवसीय भेला

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय भेला सम्पन्न भएको छ । ‘पराक्रमी गति आक्रामक निती’ नाराका साथ आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको पहिलो त्रैमासको व्यापार समीक्षा गर्दै आर्थिक वर्ष २०८०/८१ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो ।
कम्पनीका वरिष्ठ सञ्चालक कमलेश कुमार अग्रवालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेशनल सेल्स हेड उमापति पोखरेललगायत उच्च व्यवस्थापकहरू तथा प्रादेशिक प्रमुखहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा कम्पनीका वरिष्ठ सञ्चालक अग्रवालले देश आर्थिक मन्दीबाट गुज्रीरहेको समयमा पनि कम्पनीले गरेको व्यवसाय उत्साहप्रद रहेको बताए । उनले यसलाई मूर्तता प्रदान गर्न अहोरात्र लागेका सबै प्रगतिका सहयात्रिलाई धन्यवाद ज्ञापन गरे । सो अवसरमा प्रमुख कार्यकारी अधिकृत पराजुलीले कर्मचारी तथा अभिकर्ताहरूलाई चालु आबको पहिलो त्रैयमासको कार्यसम्पादनको लागि धन्यवाद दिए ।
उनले चालु आबको व्यापार लक्ष्य पुरा गर्न दत्तचित्त भई कार्य गर्न आह्वान गरे । कार्यक्रममा नेशनल सेल्स हेड, सेल्स सँग सम्बन्धित विभागीय प्रमुखहरू तथा प्रादेशिक प्रमुखहरूले आ–आफ्नो प्रतिवेदनहरू प्रस्तुत गरे ।
समापन मन्तव्य व्यक्त गर्दै कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले हालसम्मको उपलब्धिका लागि सबैलाई धन्यबाद दिए । जीवन बीमा बजारको हिस्सालाई थप बृहत बनाउनका लागि आग्ह गरे ।