Logo

१० महिनामा ८ लाख पर्यटक

काठमाडौं– सन् २०२३ को १० महिना(जनवरी–अक्टोबर)सम्म ८ लाख ९ हजार ६ सय ७८ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । जनवरी देखि सेप्टेम्बरसम्म ६ लाख ९२ हजार ३ सय ७२ पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

सन् २०२३ को अगस्टसम्म ६ लाख १ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । सेप्टेम्बरमा ९१ हजार १२ जनाले नेपाल भ्रमण गरेका छन् । अगस्टमा ६७ हजार १ सय ५३ पर्यटकले नेपाल भ्रमण गरेका छन् । जुलाई महिनामा मात्र ५७ हजार ७ सय २६ पर्यटकले नेपाल भ्रमण गरेका थिए भने जुनमा ७२ हजार २ सय ५० पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

नेपाल पर्यटन बोर्डका अनुसार अक्टोबरमा कोभिड–१९ पछिकै सबै भन्दा बढी पर्यटक आएका छन् । अक्टोबरमा मात्र १ लाख १७ हजार ३ सय ६ जना पर्यटक नेपाल आएका हुन् । यस अघि सन् २०२३ को मार्च महिनामा ९९ हजार आएका थिए ।

सन् २०२३ को जनवरीमा ५५ हजार ७४, फेब्रुअरीमा ७३ हजार २५५, मार्चमा ९९ हजार ४२६, अप्रिलमा ९८ हजार ७९३, मे महिनामा ७७ हजार ७०१ जुनमा ७२ हजार २५०, जुलाईमा ५७ हजार ७२६,अगस्टमा ६७ हजार १५३, सेप्टेम्बरमा ५८ हजार ३१४ र अक्टोबरमा १ लाख १७ हजार ३०६ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

सन् २०२२को यहीँ महिना सेप्टेम्बरमा ८८ हजार ५८२, २०२१ मा २३ हजार ३३८, २०२० मा २ हजार २५, २०१९मा १ लाख १३ हजार ८१६ पर्यटकले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ । अक्टोबरमा भारतबाट १८ हजार ४ सय ८०, अमेरिकाबाट १४ हजार ८००,बेलायतबाट ८ हजार २१७, चीनबाट ६ हजार ८८०, अष्ट्रेलियाबाट ६ हजार ७५,जर्मनबाट ५ हजार ९१६ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्