Logo

चितवनमा महिन्द्राको एक्सयुभी सार्वजनिक

काठमाडौं– महिन्द्रा युटिलिटी भेहिकलको एकमात्र आधिकारिक वितरक अग्नि ग्रुपले चितवनमा फ्ल्यागशिप ग्लोबल एसयुभीहरू –स्कर्पियो एन, एक्सयुभी ७०० र एक्सयूभी ३०० सार्वजनिक गरेको छ । काठमाडौं, इटहरी र जनकपुरमा स्कर्पियो एन, एक्सयुभी ७०० र एक्सयुभी ३०० को शुभारम्भपछि उक्त सोरुम क्षेत्रीय स्तरमा तेस्रो आधिकारिक सोरुम बनेको छ ।

नयाँ ट्विन पिक्स ब्राण्डेड महिन्द्राका एक्सयुभी शेरुमको उद्घाटन इन्टरनेशनल अपरेसन अटो महिन्द्रा एण्ड महिन्द्राका प्रमुख सचिन आरोलकर, महिन्द्रा एण्ड महिन्द्राका भाइस प्रेसिडेन्ट–अन्तर्राष्ट्रिय अपरेसन अटोका जोयदीप मोइत्रा, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र महिन्द्रा एण्ड महिन्द्राका कन्ट्री हेड चैतन्य कगलकरलगायत स्थानीय सरकारी तथा निजी प्रतिनिधिहरूका उपस्थितीमा भएको थियो ।

इन्टरनेशनल अपरेसन अटो महिन्द्रा एण्ड महिन्द्राका प्रमुख आरोलकरका अनुसार कम्पनी उपभोक्ताको आवश्यकताअनुसार विभिन्न श्रृखलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रीत रहेको छ । सबै महिन्द्रा बिक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि पनि पाइरहेको कम्पनीले जनाएको छ ।

अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठका अनुसार चितवन र आसपासका ग्राहकलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर नयाँ सोरुम स्थापना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्