माछापुछ्रे बैंकद्वारा श्वेताश्री फाउण्डेशनलाई सहयोग «

माछापुछ्रे बैंकद्वारा श्वेताश्री फाउण्डेशनलाई सहयोग

माछापुच्छ्रे बैंकले श्वेताश्री फाउण्डेशनद्धारा सिन्धुपाल्चोकमा निर्माणाधीन एकिकृत नमुना माझी बस्तीलाई आर्थिक सहयोग गरेको छ । बैंककोे संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले श्वेताश्री फाउण्डेशनकी अध्यक्ष नायिका श्वेता खड्कालाई ७ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।
श्वेताश्री फाउण्डेशनले भुकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोक जिल्लाको चौतारा, सागाँचोकमा माझी बस्तीकोलागि ५३ वटा भुकम्प प्रतिरोधात्मक घरहरु निर्माण गरिरहेको छ । अहिलेसम्म ५३ वटा आवास निर्माणको कार्य सकिएतापनि आर्थिक अभावका कारण सडक, बालबगैँचा, स्वास्थ्यचौकी, रिटेनिङ्गवाललगायत अन्य आवश्यक पुर्वाधारहरु निर्माणको काम अगाडि बढ्न कठिनाई देखिएको कारण बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्