काम नगर्ने ठेकेदारलाई कारवाही : मन्त्री अर्याल «

काम नगर्ने ठेकेदारलाई कारवाही : मन्त्री अर्याल

स्याङ्जा-भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले विकासका बाधकलाई सरकारले निस्तेज पार्ने बताएकी छिन् । उनले काम नगर्ने ठेकेदारका दिन समाप्त भएकोसमेत बताइन् ।
‘सम्झौता गरेर काम नगर्ने, होल्ड गर्ने, समयमै नसक्ने ठेकेदार कालो सूचीमा पर्छन्’ उनले भनिन्, ‘सरकारले सार्वजानिक खरिद ऐन संसोधन गर्दै नयाँ गति र नीतिका साथ अगाडि बढेको छ ।’ काम नगर्ने ठेकेदारको दिन समाप्त भएको भन्दै मन्त्री अर्यालले विकासका लागि जनप्रतिनिधि साझा भएको बताइन् ।
मन्त्री अर्यालले सानो त्यान्द्रो समातेर सत्ता परिवर्तन गर्छु भन्ने दिवा सपना नदेख्न आग्रह गरिन् । पछिल्ला समय सामाजिक सञ्जालमा भएका टिकाटिप्पणीतर्फ संकेत गर्दै मन्त्री अर्यालले हरेकको मुल्यांकन जनताले गर्ने बताइन् । मन्त्री अयालले सरकार जनताको सकरात्मक सुझाव र सल्लाहकै आधारमा अगाडि बढ्ने दावी गरिन् । सिद्धार्थ राजमार्गलाई छोटो र फराकिलो बनाउने भन्दै बुटवल पोखराको बाटो २ घण्टामा छोट्याइने योजनाका साथ सरकार अघि बढेको मन्त्री अर्यालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्