५० लाखको भवन निर्माण नसकिँदै जीर्ण «

५० लाखको भवन निर्माण नसकिँदै जीर्ण

जुुम्लामा निर्माण भइरहेका प्रादेशिक योजना गुणस्तरहिन भएको पाइएको छ । जुम्लामा प्रदेश सरकारको बजेटबाट निर्माण भइरहेका अधिकांश धारा, सिचाई कुलो, तथा विद्यालय भवनहरु गुणस्तर छैनन् । जुम्लाको पातारासी गाउँपालिका डिल्लीचौरस्थित ऋणमोक्ष माध्यामिक विद्यालयको निर्माणाधीन दुई तले पक्की भवन निर्माण पूरा नहुँदै जीर्ण बनेको छ । ६ कोठे भवन प्राविधिक स्टमेट अनुसार नभई गुणस्तरहिन बन्दै गएको छ । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, शिक्षा निर्देशनालय सुर्खेतको ५० लाख रुपैयाँको लागतमा भवन निर्माण गर्न थालिएको हो ।
प्रदेश योजनाका अनुगमनको जिम्मेवारी प्राप्त निकाय जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले अनुगमनका क्रममा भवन गुणस्तर नदेखिएको बताए ।
भवनको झ्याल ढोकादेखि पर्खाल पनि मिलेको छैनन् । उप्रमुख बुढाले भने, ‘प्राविधिकले लापरवाही गरेको देखियो ।’ बजेटको अभाव नभएपनि विनियोजित बजेट पनि सही सदुपयोग हुन नसक्दा प्रदेशका योजनाहरु गुणस्तरहीन बन्दै गएका छन् ।
ऋणमोक्ष माध्यामिक विद्यालय डिल्लीचौरका प्रधानाध्यापक हरिबहादुर बुढाका अनुसार भवन निर्माण कार्यको जिम्मेवारी विद्यालय व्यवस्थापन समितिले नै लिएको छ । विद्यालय व्यवस्थापन समिति सदस्य सचिवसमेत रहेका बुढाले केही पर्खाल र झ्याल ढोकामा नमिलेको स्वीकार गरे ।
अहिलेसम्म १५ लाख बजेट पेश्की आएर काम भएको हो । उनले भने ‘तल्लो तला ढलान भएपछि मात्र अर्काे किस्ताको बजेट फुकुवा हुने जानकारी प्राप्त भएको छ ।’
भवन गुणस्तर बनाउन निर्देशन
जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले भदौ ४ गते ऋण मोक्षमाविमा निर्माण भइरहेको भवनको अनुगमन गरे । अनुगमनका क्रममा गुणस्तरहिन काम भएको भन्दै निर्माणको जिम्मा लिएको प्राविधिक टोलीलाई गुणस्तरमा ध्यन दिन निर्देशन दिएका छन् ।
भवन निर्माणका क्रममा अर्धदक्ष्य ज्यामी काममा नलागउन समेत उनले सुझाव दिएका छन् । सस्तो कामदार लगाउन बहानामा अर्धदक्ष्य कामदार ज्यामी लगाएर काममा लापरवाही नगर्न बढाले निर्देशन दिएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्