Logo

गोदावरी खोला क्षेत्र सफाइ

ललितपुर- महिला एवं बालबालिकाको पहलमा सुरु गरिएको गोदावरी खोला क्षेत्र सरसफाइ साप्ताहिक अभियानको २६आंै हप्तामा तीजको रौनकसँगै सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थी, प्रहरी, समाजसेवी र स्थानीय बासिन्दाको उपस्थितिमा, गोदावरी, नयाँबाटो, टुपीखेलघाट वरिपरिको सरसफाइ कार्यक्रममा तीजको शुभकामना आदानप्रदान तथा नाचगानसमेत गरिएको थियो ।
कार्यक्रममा महानगरीय प्रहरी प्रभाग बाडेगाउँका प्रमुख प्रहरी निरीक्षक श्याम कटवाल, महानगरीय प्रहरी प्रभाग गोदावरीका प्रमुख पहरी सहायक निरीक्षक खिलनाथ अधिकारीलगायतको सहभागिता रहेको थियो । विद्यार्थीहरूका साथै गोदावरी खोला क्षेत्र सरसफाइ अभियन्ता रन्जिता श्रेष्ठ खत्री, तारा खड्का, मन्जु भट्टराई, निरा तिमल्सिना, इरसध साहलगायतको सक्रियता रहेको थियो । अभियन्ता रन्जिता श्रेष्ठ खत्रीले सरसफाइका लागि ५ वटा डोको र पन्जा हस्तान्तरण गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्