Logo

विद्यालयलाई नेशनल लाइफको सहयोग

काठमाडौं– नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गत असोज १६ गते आएको भूकम्पबाट क्षतीग्रस्त बझाङको जयपृथ्वी नगरपालिका ४ स्थित बाल विकास माध्यामिक विद्यालयको पुस्तकालय पुनर्निर्माणका लागि आर्थिक सहयोग गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले विद्यालयका प्रधानाध्यापकलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । प्रमुख कार्यकारी अधिकृत खत्रीले कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालयलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

विद्यालयका प्रधानाधयापक केशरबहादुर खातीले शिक्षाका लागि कम्पनीले गरेको आर्थिक सहयोगबाट पुस्तकालाय पुनर्निर्माण गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्