Logo

आमासहित तीन छोराछोरीको रहस्यमय मृत्यु

मुगु- छायाँनाथ रारा नगरपालिका ४ मन्दु गाउँमा एकै घरका चार जनाको निर्मम हत्या भएको छ ।

हत्या हुनेमा २६ वर्षीया श्रीदेवि बोहरा उनका दुई छोरा ११ वर्षीय मनोज बोहरा, १ वर्षीय रहर बोहरा र ७ वर्षीया छोरी अप्सरा बोहरा रहेका छन् । मृतक श्रीदेवि बोहराका श्रीमान दिपक बोहरा हाल रोजगारीका लागि कतारमा रहेको आफन्तले बताए ।

उक्त हत्या भने कार्तिक ८ गते राती नै भएको हुन सक्ने, चार जनाको हत्या गरी घरको बाहिर ताला लगाएकोले गाउँका मानिसले केही वास्ता नगरेको र १० गते बिहान मात्र खोजी गर्दा दशैं मानेर ८ गते नै माइती घरदेखि आएको जनाएपछि मात्र घरको ताला फुटाएर हेर्दा हत्या गरिएको अवस्थामा घरभित्र नै शव देखेको स्थानीयले बताए ।

अहिले उक्त घटनामा चार जनाको हत्या कसरी र कसले गर्‍यो भन्ने विषयमा जिल्ला प्रहरी कार्यलय मुगुले घटना स्थलमै पुगी अनुसन्धान गरिहरेको र हत्यामा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको जिल्ला प्रहरी प्रमुख विरेन्द्र थापाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्