Logo

अन्तर व्यवस्थापिका संघको १७४औँ महासभा सुरु

काठमाडौं- अन्तर व्यवस्थापिका संघ (आइपियू) को एक सय ४७औँ महासभा अफ्रिकी मुलुक एङ्गोलाको राजधानी लुवाण्डामा सुरु भएको छ । ‘शान्ति, न्याय र सशक्त निकायका लागि संसदीय सक्रियता’ भन्ने नाराका साथ सुरु महासभा कात्तिक ६ देखि १० गतेसम्म सञ्चालन हुनेछ ।

महासभाको उद्घाटन समारोहलाई गणतन्त्र एङ्गोलाका राष्ट्रपति जोआओ म्यानुएल गोनकालबे ल्युरेसन्स, अन्तर व्यवस्थापिका संघ (आइपियू) का महासचिव डुराकल पाचेको, संयुक्त राष्ट्र संघका विशेष प्रतिनिधि डुराटे पाचेकालगायतले सम्बोधन गरेका थिए । महासभामा नेपालका तर्फबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा ९ सदस्यीय संसदीय प्रतिनिधिमण्डलले सहभागिता जनाएको छ ।

महासभामा राष्ट्रियसभा सदस्य कुमार दसौँदी र जीतेन्द्रनारायण देव तथा प्रतिनिधिसभा सदस्य रुपा सोसी चौधरी र सन्तोष परियार एवं संघीय संसद्का महासचिव डा भरतराज गौतमलगायत सहभागी छन् । महासभामा अध्यक्ष तिमिल्सिनाले नेपालको संघीय संसद्को तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्