क्याप्टेन थापा वायुसेवा संचालक संघको अध्यक्ष चयन «

क्याप्टेन थापा वायुसेवा संचालक संघको अध्यक्ष चयन

निजी क्षेत्रका वायुसेवापैदायक कम्पनीहरुको छाता संगठन वायुसेवा सञ्चालक संघ नेपालको अध्यक्षमा क्याप्टेन रामेश्वर थापा चयन भएका छन् ।
शुक्रबार संघको १९ औं वार्षिक साधारणले थापाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो । यो सँगै थापा तेस्रो कार्यकालको लागि चयन भएका हुन ।
समितिको प्रथम उपाध्यक्षमा यति एयरलाइन्सका अनोज रिमाल, द्वितिय उपाध्यक्षमा सौर्य एयरलाइन्सका गोपाल भट्टराई चयन भएका छन् । त्यस्तै, महासचिवमा समिट एयरका मनोज कार्की, सचिवमा मनाङ एयरका राजु न्यौपाने र कोषाध्यक्षमा बुद्ध एयरका रुपेश जोशी चयन भएका छन् ।
नयाँ कार्यसमितिको सदस्यहरुमा दीपक जे.वि. राणा समिट हेलिकप्टर्स, योगराज कँडेल शर्मा हेलिएभरेष्ट, बालकृष्ण पण्डित एयर डाइनेष्टि हेलि सर्भिसेज, नीमा नुरु शेर्पा अल्टिच्यूड एयर, बरुण ज्ञवाली कैलाश हेलिकप्टर, सुवास अमात्य प्रभू हेलिकप्टर र प्रज्वलथापा सिम्रिक एयरलाइन्स चयन भएका छन् ।
निर्वाचित अध्यक्ष थापाले ‘नेपाल भ्रमण वर्ष २०२०’मा २० लाख पर्यटक ल्याएर सरकारको लक्ष्य प्राप्तिमा सहयोग गर्ने बताएका छन् । उनले आफ्नो कार्यकालमा वायुसेवाको सेफ्टीस्तरलाई अझै उचाईमा पुर्याउने र नेपाली वायुसेवाको सुरक्षा सुदृढीकरणलाई बढीभन्दा बढी विश्वासिलो बनाउँनका लागि आगामि कार्यकाल केन्द्रीत रहने बताएका छन् ।क्याप्टेन थापा नेपाली हवाई क्षेत्रमा विगत दुई दशकदेखि हेलिकप्टर कम्पनी सञ्चालन गर्दै आएका छन् । थापा सन् २००२ देखि हेलिकप्टर प्रशिक्षक पाइलटका रुपमा समेत क्रियाशिल छन् । उनी यसअघि पनि दुई कार्यकाल संघको अध्यक्ष भएर नेतृत्व पुरा गरिसकेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्