Logo

गाउँमै च्याउखेतीबाट मनग्य आम्दानी

रसुवा- कालिका गाउँपालिका–३ कटुन्जेकी चन्द्रकुमारी न्यौपनेको परिवार नै च्याउ खेतीमा लागेका छन् । गाउँमै च्याउ थेरै लगानीमा खेती गरेर मनग्य आम्दानी गर्न थालेपछि उनी खुशी छन् । अहिले च्याउ खेती गरेर एक लट एक महिनामा खेती गरेर एक डेढलाख रुपैयाँसम्म सहजै कमाउने भएकोले मिहेनत गरे आफ्नै देशमा उद्यमी भएर रकम कमाउन सक्ने उनले बताइन् ।

चन्द्रकुमारीका दम्पत्ती च्याउ खेतीमा व्यस्त छन् । उनले २०/३० हजार कामाउन विदेशमै जानु पर्दैन भन्ने उदाहरण देखाएका छन् । वर्षमा ३/४ तीन लट च्याउ लगाउने गरेको बताए । कन्ये (पराले ) च्याउ जुनसुकै मौसममा पनि लगाउन सकिन्छ । पहाडी जिल्ला रसुवामा उत्पादित च्याउले स्थानीय बजारमा बिक्ने भएपछि गाउँमा डुलेर बिक्री गर्ने गर्दछन् ।

अहिले प्रतिकेजी २ सय रुपैयाँमा च्याउ बिक्री गरिन्छ । च्याउ खेती पहिले थाहै थिएन कामको खोजीमा उनले च्याउ खेती बारे जानकारी भने काठमाडौंबाट लिएका थिए । गाउँमा हुने परम्परागत खेतीको आम्दानीले २ छोरा पढाउन र परिवार चलाउन कठिन हुन थालेपछि ०६२ सालमा परिवारसहित काठमाडौंको बलम्बुमा च्याउ, चटपटे बेच्ने काम गरे ।

च्याउ खेतीबाट फाइदा हुने थाहा पाएपछि आफैंले जग्गा भाडामा लिएर बलम्बुमै च्याउ खेती गरेर परिवारको जीविका मात्र होइन उनले दुइवटा छोरालाई निजी स्कुलमा पढाए । अहिले एक छोरा अध्ययनका लागि अष्टे«लिया पुगेका छन् भने अरु छोराहरू निजी कलेजमै उच्च शिक्षा अध्ययनमा छन् । दशवर्ष च्याउ खेती गरेर सीप मात्र सिकेनन् सम्भावना पनि बोकेर चन्द्रकुमारीका दम्पत्ती आफ्नै गाउँ फर्के ।

आफ्नै जग्गामा ३ परालको टनेल हालेर च्याउ खेती सुरु गरे । ०७२ मंसिरबाट जाडो मौसममा २ महिना गर्मीमा १ महिनामा च्याउ बिक्रीका लागि तयार गर्ने गरेको चन्द्रकुमारीले बताइन् । १ लाख रुपैयाँमा लगानी गरेर सुरु गरेको च्याउ खेती अहिले फस्टाएको छ । अहिले गाउँमै बसेर आम्दानी भइरहेको छ । अहिले वर्षमा तीन लट च्याउ खेती गरिरहेको छु । काठमाडौंमा सडक पेटी र घरघरमै च्याउ बेचेर ‘च्याउ बाजे’ भनेर परिचित भए चेतनाथ न्यौपाने ।

पराललाई काटेर प्लाष्टिकको प्याकेटमा बीउ राखेर च्याउ खेती गरिन्छ । च्याउ खेतीका लागि घरेलु, कृषि र परिवर्तन पात्रले सहयोग गरेको छ । जिवीका चलाउनका लागि विदेश जान नपर्ने उदाहरण गाउँमै देखाएका छन् । च्याउ बिक्रीका लागि कालिकास्थान, घुम्ती बजारदेखि माझगाउँ, बेत्रावतीबजारसम्म बोकेर पुर्‍याउने गरेको न्यौपालेले बताए । २८ फिट लामो र २२ फिट चौडाईका पराले ७ वटा घरहरू छन् ।

यसपल्ट १ हजार ५ सय पोका राखेको र त्यबाट ५ सय किलो उत्पादन गरी प्रति किलो २ सय रुपैयाँमा बिक्री गरी १ लाख आम्दानी गरेको न्यौपानेले बताए । १५ सय पोका राख्दा राम्ररी आम्दानी लिन सके ५ लाख ५० हजार रुपैयाँसम्म आम्दानी लिन सकिने उनको अनुमान छ । आफ्नै जग्गामा थालेको च्याउ खेती अब निरन्तरता दिने र त्यसैबाट जिविका चलाउन सकिने आँट गरेकोले व्यवसाय गाउँमै नमुना देखिएको छ । त्रिशूली–धुन्चे सडकमार्ग “पासाङल्हामु सडकमै पर्ने भएकोले हर्ने र फर्मबाटै च्याउ किनेर लैजने पनि धेरैजना आउँछन् ।

उत्पादन गर्न सके बजार समस्या छैन घरमै बसेर कमाउन सकिने रहेछ ।” समय समयमा गाउँमा आफैं गाउँघरमा डुलेर बिक्री गर्ने गरेको चेतनाथ न्यौपानेले बताए । आफ्नो जग्गामा नपुगेर जग्गा भाडामना लिएर समेत च्याउका लागि ७ वटा पराले घर टनेल बनाएर उत्पादन गरिरहेका छन् । बेला बेला बिक्रीका लागि च्याउ बोकेर गाउँ डुल्ने हुनाले उनलाई सबैले ‘च्याउ बाजे’ भनेर बोलाउछन् । यसवर्ष च्याउ फार्ममा घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयबाट तालिम सञ्चालन गर्न सफल भएका छन् ।

स्थानीयलाई च्याउ खेती कसरी गर्नेबारे आफ्नै च्याउ फार्ममा आफैंले तालिम दिन सफल भएको चेतनाथ दम्पत्ती खुशी छन् । कामका लागि गाउँ र देश छाडेर विदेश जानेहरूका लागि गाउँमै उद्योग सञ्चालन गर्न सकिने उदाहरण देखाएका छन् । सरकारी अनुदान लिन वा लगानी जुटाउन सके अझै च्याउ खेती बढाउने र थप कमाउन च्याउ खेतीमा रमाएर लागेको उनीहरूले सुनाए । गाउँमै ताजा च्याउ खान पाउने भएकोले गाउँले तथा बरिपरिबाट त्यहाँ च्याउ किन्न आउने बढेको छन् ।

प्रतिक्रिया दिनुहोस्