इन्भेष्टमेन्ट मेगाको डिजिटल कारोबार

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले देशका विभिन्न क्षेत्रमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजस्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा यातायात व्यवस्था कार्यालयमा हुने नगद कारोबारमा कमि भइ सेवा ग्राहकलाई लामो समय लाइनमा बसेर नगद तिर्नुपर्ने झन्झटको अन्त्य भएको बैंकको दावी छ ।
क्यूआर कोड प्रणालीबाट राजस्व संकलन गर्दा समयको वचत र पारदर्शी कारोबार हुनुका साथै नगदरहित कारोबारमा टेवा पुग्ने विश्वास लिएको बैंकको भनाइ छ । हाल यो सुविधा यातायात व्यवस्था कार्यालयहरु विर्तामोड, जनकपुर, नेपालगञ्ज, सुर्खेत, इटहरी, हेटौँडा, सल्लाघारी, ठूलो भर्याङ, सानो भर्याङ, नारायणगढ, महेन्द्रनगर बाट सुचारु गरिएको बैंकका सूचना अधिकारी बिजेन्द्र सुवालले जानकारी दिए ।