जथाभावी डोजर चलाउँदा बस्ती जोखिममा «

जथाभावी डोजर चलाउँदा बस्ती जोखिममा

जाजरकोट-वर्षेनी भेरी नदीको कटान र जथाभावी रुपमा खनिएका सडकका कारण भेरी नदी किनारका बस्ती जोखिममा परेका छन् । जिल्लाका नलगाड नगरपालिका, रुकुम पश्चिम आठविसकोट नगरपालिकाभित्रका अधिकांश भू–भागमा कटानको समस्या भएको छ ।
रुकुम पश्चिम आठविसकोट नगरपालिका अनाह, लामातरा, दामाचौर, त्रिवेणी, चौर, गत्तासैना र जाजरकोट नलगाड नगरपालिका तल्लु, औलगुत्ता, मालुवा, मन्मै, बगरा, डोल्पाको दुनै बजार लगायतका ठाउँमा भेरीको कटान उच्च रहेको छ । माथी कम्जोर भू–भाग तल नदीको कटानले गर्दा अधिकांश बस्तीहरु जोखिममा परेका छन् । विकास निर्माणका नाममा जथाभावी माटो कटान गर्दा यहाँका दर्जनौ बस्ती जोखिममा परेका हुन् ।
जोखिममा परेका बस्तीलाई अर्को ठाउँमा स्थान्तरण गरी जनधनको क्षति हुनबाट जोगाउन पहल गरिने स्थानीय सरकारले बताएपनि त्यो प्रभावकारी नभएको स्थानीयवासीको गुनासो छ । भेरी नदीको किनारमा रहेका बस्तीमा सही रुपमा ढल निकास, फोहोर व्यवस्थापन र भू–बनोट मुल्याङ्कन नगरी विकाश निर्माणको काम गर्दा जोखिम बढेको हो ।
खोलाको नदीको किनारमा जथाभावी अतिक्रमण गरेर बसोबास गर्ने क्रम बढेकाले जोखिम बढेको स्थानीय सरकारको भनाई छ । गाउँ छाडेर सुविधा मुखी बन्न लागि सडकको छेउछाउ, नदीको किनार र खोलाको किनारमा बस्ती बसाउँदा दैनिक आफूले, आफैंलाई दुर्घटना निमत्याएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताए ।
कर्णाली प्रदेशले छरिएका र जोखिममा रहेका बस्तीलाई एकीतृत गरी सामुदायिक बस्ती बसाउने कार्यक्रम ल्याएपनि कार्यन्वयनमा आएको छैन । बिस्तृत योजना प्रतिवेदन (डिपिआर) नगरी निर्मान गरिएका सडकले गाउँ, बस्ती जोखिममा पर्नुका साथै सडक निर्मान गर्दा थुपिएको माटोले खोलामा पानीका स्रोत सुक्ने गरेका छन् ।
थुप्रिएको माटो बाढी र पहिरोको रुपमा रुपान्तरण भएर तल्लो तटीय क्षेत्रमा रहेका बस्ती डुवानमा पर्ने समस्या रहेको नागरिक अगुवा प्रकाश चन्दले बताए ।

 

सञ्जय केसी

प्रतिक्रिया दिनुहोस्