Logo

इंग्ल्याण्ड र पाकिस्तानबीचको विश्वकप भिडन्त लाइभ हेर्ने अवसर

काठमाडौं- पायोनियर मोटो कर्पले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल सँगको साझेदारी आठौं वर्षमा निरन्तरता दिने घोषणा गरिसकेको थियो ।

यतिबेला आईसीसी पुरुष क्रिकेट विश्वकप २०२३ पुरा विश्वले उत्साहपुर्ण रुपले मनाईरहेको छ । र यहि उत्सबमा आफ्ना ग्राहकहरुका लागि खुसी थप्न निशानले भाग्यशाली ४ बिजेता लाई इंग्ल्याण्ड र पाकिस्तान बिचको खेलको टिकट उपहार दिने भएको छ ।

निसानको कुनै पनि मोडलको कार किन्ने ग्राहकहरु उक्त लक्की ड्रमा सहभागी हुन योग्य हुनेछन् । खेल ११ नोभेम्बर २०२३ मा कोलकाताको ऐतिहाशिक इडेन गार्डेन स्टेडियममा हुने तय भएको छ ।

पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दिप कुमारका अनुसार “अति रोमाञ्चक खेलकुदको उत्सब क्रिकेट विश्वकप र आईसीसी सँगको साझेदारीलाई निरन्तरता दिन हामीले विशेषगरी क्रिकेट फ्यान भएका हाम्रा निसान ग्राहकहरूका लागि यो उपहार घोषणा गरेका छौं ।

यस प्रतिष्ठित कार्यक्रमको मुख्य प्रायोजकको रूपमा, निसानले क्रिकेट प्रतिको प्रेम फैलाउन र आफ्ना ग्राहकहरूका लागि अविस्मरणीय अनुभवहरू सिर्जना गर्न समर्पित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्