Logo

शेयर बजार ४.०५ अंकले घट्यो

काठमाडौं– बुधबार उच्च अंकले बढेको शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव शून्य पाँच अंकले घटेर १ हजार नौ सय तीन दशमलव ८४ विन्दुमा झरेको छ ।

आज सबैभन्दा धेरै अपर सोलु जलविद्युत् कम्पनीको शेयर झन्डै साढे आठ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज सिटिजन्स म्युचुअल फन्ड-२ को शेयर भने झन्डै छ प्रतिशतले बढेको छ ।

आज ३७ लाख ६६ हजार कित्ता शेयर ९७ करोड छ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै नबिल बैंकको प्रमोटर शेयर पाँच करोड ९० लाख र प्रभु बैंकको प्रमोटर शेयर पाँच करोड १५ लाख रुपैयाँमा किनबेच भएको छ । दशैँ बिदाका कारण अब शेयर बजार आउँदो १२ गतेमात्रै खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस्