Logo

एभरेष्ट बैंकले मनायो २९औं वार्षिकोत्सव

काठमाडौं- विशेष कार्यक्रमका बिच एभरेष्ट बैंक लिमिटेडले आफ्नो २९औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा बैंकले प्रधान कार्यालयमा २५ वर्ष भन्दा बढी सेवा गर्ने कर्मचारीहरुलाई सम्मान तथा संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु आयोजना गरेको हो ।

बैंकका २०० भन्दा बढी कर्मचारीहरुका बिच सम्पन्न उक्त कार्यक्रममा बैंकले सेवा अवधिको २५ वर्ष पूरा गरेका २८ जना कर्मचारीहरुलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले विषेश सम्मान गरेका छन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री कोपिला भ्याली सेवा समाज सुर्खेतलाई रु. ५,००,०००।– आर्थिक सहयोग गरेको छ ।

बैंकका नायब महाप्रबन्धक केशव प्रसाद पौडेलले कोपिला भ्याली सेवा समाज सुर्खेतको तर्फबाट ब्लिङ्कनाव फाउण्डेशनका राष्ट्रिय प्रतिनिधि डा. एसपी कलौनीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । सो कार्यक्रममा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती र बजार अधिकृत एलिना कार्की तथा बिल्ङक नाउ फाउण्डेसनका तर्फबाट साझेदारी प्रबन्धक अस्रिना रंजितको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्