Logo

समृद्धि फाइनान्सको दसैं अफर

काठमाडौं– समृद्धि फाइनान्सले दसैंको उपलक्ष्यमा समृद्धिबाट रिचार्ज अब हुनेछ फ्रि चार्ज योजना ल्याएको छ ।

यो योजनाअन्तर्गत फाइनान्सको मोबाइल बैंकिङ प्रयोग गरी पाँच सय रुपैयाँ वा सो भन्दा बढी रकम टपअप गर्दा पाँच जना भाग्यशाली ग्राहकले शतप्रतिशत नगद फिर्ता पाउने कम्नीले जनाएको छ । यो योजना कात्तिक ११ गतेसम्म लागु हुने बताइएको छ ।

नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनीले हाल १३ शाखामार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्