सेल्सबेरीको आकर्षक अफर

काठमाडौं– दसैं तथा कम्पनीको ३०औं वार्षिकोत्सवको अवसरमा सेल्सबेरी डिपार्टमेन्टल स्टोर्सले छुट अफर सार्वजनिक गरेको छ । यो अफर सेल्सबेरीका काठमाडौं उपत्यकामा रहेका सबै स्टोरहरू र पोखरामा रहेका सेलबेजका सबै शाखामा लागु हुने कम्पनीले जनाएको छ ।
घरायासी, खाद्यान्न तथा किचनका सामानमा प्रदान हुने आकर्षक छुटले धेरै ग्राहक लाभान्वित हुने विश्वास लिएको कम्पनी जनाएको छ । क्यासब्याक तथा आकर्षक उपहार योजनालाई समेत अफरमा समावेश गरिएको कम्पनीले उल्लेख गरेको छ ।
वाइनमा २० प्रतिशतसम्म छुट प्रदान गरिएको छ भने इलेक्ट्रोनिक्स र हाउसहोल्ड सामग्रीमा १० देखि ३० प्रतिशत छुट प्रदान गरिएको सेल्सबेरीले जनाएको छ । हिमालयन बैंकको एमेक्स क्रेडिट कार्डको प्रयोगमा एक हजार रुपैयाँसम्म क्यासब्याक पाउन सकिने व्यवस्थसमेत सेल्सबेरीले उल्लेख गरेको छ ।
त्यसैगरी काठमाडौंको महारागञ्जमा नेपालकै ठूलो र सुविधासम्पन्न भवनबाट सेवा प्रदान सुरु गरेको छ । स्थापनाको ३०औं वार्षिकोत्सवको सन्दर्भ र दसैंको पूर्वसन्ध्यामा सुविधासम्पन्न भवनबाट कम्पनीले सेवा सञ्चालनमा ल्याएको छ ।
अत्याधुनिक सुविधासम्पन्न र आकर्षक भवन निर्माण गरेर सपिङमा नयाँपनको झझल्को दिन सेल्सबेरी सफल भएको प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानांगले जानकारी दिए ।